IME Life New

होन्डा र निसानबीच मर्जर सम्झौता, मिलेर एउटा होल्डिङ कम्पनी बनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानी कार निर्माता कम्पनी होन्डा र निसानबीच मर्जर सम्झौता भएको छ। दुवै कम्पनीबीचको मर्जर प्रक्रिया आउँदो जुनसम्म टुंग्याउने गरी सम्झौतापत्रमा दुवै कम्पनीका अधिकारीहरुले हस्ताक्षर गरेका छन्।

यो सम्झौताअन्तर्गत दुवै कम्पनी मिलेर एउटा होल्डिङ कम्पनी स्थापना गर्नेछन्। जसमा दुवैको बराबरी हिस्सेदारी हुनेछ।

Esewa
Crest

नयाँ होल्डिङ कम्पनी टोकियो स्टक एक्सचेन्ज (टीएसई)मा सन् २०२६ अगस्टसम्म लिस्ट हुनेछ। यसका साथै दुवै कम्पनीले आआफ्नो ब्रान्डलाई बढावा दिने काम गर्नेछन्।

चीन र अमेरिकी बजारमा सेल्स र प्रोफिटमा गिरावट आएपछि दुवै कम्पनीले आफ्नो उत्पादन क्षमता र कार्यबल कटौती गरेका छन्। बजारमा कारको बिक्री घट्नु नै दुवै कम्पनी एक हुनुको मुख्य कारण रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS