IME Life New

मेट लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम रु. ७५

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ (१ साउन २०८० देखि असार मसान्त २०८१) सम्मको बीमांकीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुका लागि उक्त अवधिको प्रतिवर्ष प्रतिहजार बीमांकमा बोनसदर निर्धाण गरेको हो।

अग्रिम भुक्तानी योजना (थ्री पेमेन्ट प्लान)

Esewa
Crest

कम्पनीले अग्रिम भुक्तानी जीवन बीमालेखको हकमा न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीले यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ। १६ देखि २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ देखि वर्ष अवधिको यो बीमालेख ७ हजार ४९२ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान)

कम्पनीले यस बीमालेखको हकमा न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीले यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ। १६ देखि २० वर्ष अवधिका लागि ५० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

कम्पनीले सबैभन्दा धेरै १६ देखि २० देखि वर्ष अवधिको यो बीमालेख ७६९ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान)

कम्पनीले यस बीमालेखको हकमा न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। कम्पनीको यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ निर्धारण गरेको छ। १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

कम्पनीले सबैभन्दा धेरै १६ देखि २० देखि वर्ष अवधिको यो बीमालेख ५ हजार ५७० वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६५ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान)

यस बीमालेखको हकमा कम्पनीले न्यूनतम ५५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ। कम्पनीले यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ निर्धारण गरेको छ। १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

कम्पनीले सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको यस बीमालेख १५ हजार १८८ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६५ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

उपरोक्त अनुसारको बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने कम्पनीले जनाएको छ। यसका साथै अर्को बीमांकीय मूल्यांकनअनुसार नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS