IME Life New

कियाले ल्यायो नयाँ कम्प्याक्ट एसयूभी ‘सिरोस’, टाटा पन्चलाई टक्कर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी किया सिरोस भारतीय बजारमा आज औपचारिक रुपमा सार्वजनिक गरेको छ। यो बी–सेगमेन्टको एसयूभी हो। जुन सेल्टोस र सोनेटको बीचमा राखिनेछ।

बजारमा यसले टाटा पन्च, नेक्सन, मारुती ब्रेजा, हुन्डाई एक्सेन्टजस्ता मोडलसँग प्रतिस्पर्धा गर्छ। हाल कम्पनीले यो एसयूभीमात्र प्रदर्शन गरेको छ र यसको मूल्य अझै घोषणा गरिएको छैन। यसको मूल्य अर्को महिना जनवरीमा हुने भारत मोबिलिटी एक्सपोमा घोषणा गरिनेछ र यसको डेलिभरी फेब्रुअरीबाट सुरु हुनेछ।

Esewa
Crest

किया सिरोसको अगाडि एक शानदार लुकका लागि उच्च सेट बोनेट छ। साथै, ठाडो एलईडी हेडलाइटहरु ठूला एलईडी डीआरएलसँग उपलब्ध छन्। फक्स स्किड प्लेटका लागि सिल्वर तत्वहरु र एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम (एडीएएस) का लागि रडार मोड्युल बम्परमा देख्न सकिन्छ। समग्रमा यस एसयूभीको अगाडिको भाग निकै प्रभावशाली देखिन्छ।

साइड प्रोफाइलका बारेमा कुरा गर्दा यसमा १७ इन्चको एलोय ह्विलसहित लामो छतको रेल, फ्लस डोर ह्यान्डल, चंकी बी–पिलर र ब्ल्याक बडी क्ल्याडिङ दिइएको छ। पांग्राहरुमा आयताकार आकारको बडी क्ल्याडिङ दिइएको छ। पछाडि ठूलो क्वार्टर गिलास प्रदान गरिएको छ।

टाटा पन्च र एक्सेटरभन्दा सिरोस लम्बाइमा ठूलो छ। यसले ब्रेजालाई चौडाइमा पछाडि छोडेको देखिन्छ। तर, उचाइमा मारुती ब्रेजा सबैभन्दा अगाडि छ। यसबाहेक सिरोससँग सबैभन्दा लामो ह्विलबेस छ, जसले यसलाई राम्रो क्याबिन स्पेस प्रदान गर्न मद्दत गर्नेछ।

किया सिरोसलाई पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा ल्याइएको छ। यसमा १.५ लिटर डिजेल इन्जिन छ। जसले ११५ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ। जबकि पेट्रोल विकल्पमा, १.०–लिटर टर्बो–पेट्रोल इन्जिन उपलब्ध हुनेछ। जसले १२० बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड म्यानुअल, ७ स्पिड डीसीटी र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन गियरबक्स उपलब्ध छ।

यसको क्याबिन कम्पनीका अन्य कारजस्तै विलासी छ। यसमा ३० इन्चको पानोरामिक स्क्रिन सेटअप (एउटा इन्फोटेनमेन्टका लागि र अर्को इन्स्ट्रुमेन्टेसनका लागि) छ। जसले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी सपोर्ट गर्छ। यसबाहेक क्याबिनलाई डार्क कलर थिमले सजाउन सकिन्छ।

यस एसयूभीमा अगाडि र पछाडि भेन्टिलेटेड सिट, पानोरामिक सनरुफ, पावर ड्राइभर सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम अडियो सिस्टम, एम्बियन्ट लाइटिङ र रियर एसी भेन्टजस्ता केही विशेष सुविधा छन्। यसका साथै सुरक्षाको पनि पूर्ण ख्याल गरिएको छ। यसमा ६ एयरब्याग र लेभल–२ एडीएएस सुइट हुनेछ। जुन सेल्टोसमा देखिन्छ। यसमा इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), रियर पार्किङ सेन्सर, हिल–होल्ड असिस्ट, ३६० डिग्री क्यामेरा, स्पिड अलर्ट सिस्टम, आइसोफिक्स चाइल्ड सिट एन्कोरेज सहित एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) जस्ता विशेषताहरु हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS