IME Life New

मारुती सुजुकीले रच्यो इतिहास, एक वर्षमै बेच्यो २० लाख कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मारुती सुजुकी इन्डियाले कार बिक्रीमा इतिहास रचेको छ। कम्पनीले वर्ष २०२४ मा २० लाख युनिट कार बिक्री गर्दै इतिहास रचेको हो। यो उपलब्धि सुजुकी मोटर कर्पोरेसनको ग्लोबल प्रडक्सन फ्यासिलिटीमा पहिलोपटक हासिल भएको हो।

कम्पनीका सीईओ तथा प्रबन्ध निर्देशक हिसाशी ताकेउचीले यो मेक इन इन्डियाको सफलता भएको बताए। उनले सप्लायर्स र डिलरको योगदानको पनि सरहाना गरे।

Esewa
Crest

कम्पनीको अबको लक्ष्य भनेको उत्पादन क्षमता बढाएर ४० लाख युनिट गर्नु रहेको छ। यसका लागि हरियाणाको खरखौदामा एउटा नयाँ प्लान्ट निर्माण गर्ने कम्पनीको योजना छ।

यो वर्ष बिक्री भएको २० लाख युनिट कारमध्ये ६० प्रतिशत हरियाणा र ४० प्रतिशत गुजरातस्थित प्लान्टमा उत्पादन भएको कम्पनीले जनाएको छ। भारतबाट निर्यात हुने कुल यात्रु सवारीसाधनमा मारुती सुजुकीको ४० प्रतिशत हिस्सा रहेको छ। कम्पनीले विश्वभर लगभग १०० देशमा १७ अलग–अलग मोडलका कार निर्यात गर्छ।

हाल मारुती सुजुकीको भारतमा ३ वटा म्यानुफ्याक्चरिङ प्लान्ट रहेको छ। दुईवटा हरियाणाको गुरुग्राम र मानेस र एउटा गुजरातको हंसलपुरमा रहेको छ। यी प्लान्टको कुल उत्पादन क्षमता वार्षिक २३.५ लाख युनिट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS