IME Life New

जीवन बीमकको ३४%ले बढ्यो शेयरमा लगानी, कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले शेयरमा लगानी बढाएका छन्। नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको जीवन बीमा कम्पनीहरुको लगानीसम्बन्धी तथ्यांकले यस्तो देर्खाएको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोसम्म १४ वटा जीवन बीमकहरुले विभिन्न क्षेत्रमा ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन्। जसमा शेयरमा मात्रै १ खर्ब १३ अर्ब ५९ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ।

Esewa
Crest

अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले विभिन्न क्षेत्रमा ६ खर्ब १२ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ लगानी गरेका थिए। जसमा शेयरमा मात्रै ८४ अर्ब ७१ करोड २६ लाख रुपैयाँ लगानी थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको शेयरमा लगानी ३४.०९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १० अर्ब ८३ करोड ६४ लाख रुपैयाँ लगानी थियो।

यसैगरी चालु आर्थिक वर्षको असोसम्म कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५१ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष असोजसम्म कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ४२ अर्ब ४७ करोड १८ लाख रुपैयाँ लगानी गरेका थिए।

समीक्षा अवधिसम्म जीवन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा २० अर्ब ३९ करोड ८३ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १३ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ र सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा १ अर्ब १८ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन्।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा २१ अर्ब १ करोड २२ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ३१ करोड १५ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ९ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ र सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा ३४ करोड ४९ लाख रुपैयाँ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS