IME Life New

प्रभु महालक्ष्मीलाई बीमा बजारमा उत्कृष्ट र विश्वसनीय कम्पनीका रुपमा स्थापित गर्ने अठोट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले कम्पनीलाई नेपाली बीमा बजारमा उत्कृष्ट र विश्वसनीय कम्पनीका रुपमा स्थापित गर्ने अठोट व्यक्त गरेका छन्।

कम्पनीको आठौँ वार्षिकोत्सवका अवसरमा आज सीईओ प्रसाईंले आफ्नो शुभकामना सन्देशमा यस्तो अठोट व्यक्त गरेका हुन्। ‘यस कार्यमा यहाँहरुको साथ र सहयोग निरन्तर रहिरहने भन्ने अपेक्षाका साथ आगामी यात्रामा पनि सबै सरोकारवालासँग हातमा हात र काँधमा काँध मिलाई अगाडि बढ्ने प्रण गर्दछौँ’, उनले भने।

Esewa
Crest

सीईओ प्रसाईंले कम्पनीका सबै वित्तीय सूचकांक सकारात्मक रहेको बताए। ‘आगामी दिनमा यी सूचकांकहरुलाई अझ सशक्त बनाउँदै प्रभु महालक्ष्मी लाइफलाई नेपाली बीमा बजारमा उत्कृष्ट र विश्वसनीय स्थापित गर्ने अठोट गर्दछौँ।’

कम्पनीको आठौँ वार्षिकोत्सव मनाउन पाउँदा गौरवान्वित महसुस भएको सीईओ प्रसाईंले बताए। ‘यहाँसम्म आइपुग्न हामीलाई शुभेच्छा प्रकट गर्ने महानुभाव, हामीलाई विश्वास गर्ने बीमित, अहोरात्र खट्ने अभिकर्ता साथीहरु, उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारी मित्रहरु र कम्पनीलाई विश्वास गरी लगानी गर्ने शेयधनीहरु, उत्कृष्ट मार्गदर्शन र उप्रेरणा गर्न हालसम्मका सञ्चालक समितिका सदस्य तथा अध्यक्षहरु अभिभावकत्व प्रदान नेपाल बीमा प्राधिकरणलगायतका नियमनकारी निकायहरु सबैमा आभार प्रकट गर्दछौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS