IME Life
GBIME

बीमकको व्यापार साढे ९%ले बढ्दा बीमाको दायरामा कति जनसंख्या ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म ६८ अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बीमा कम्पनीहरुले ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको कात्तिकसम्म बीमा कम्पनीहरुले ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय ९.४४ प्रतिशतले बढेको छ।

Crest

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ८.६१ प्रतिशतले मात्रै बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

चालु आर्थिक वर्ष कात्तिकसम्म कम्पनीहरुले ११ अर्ब १ करोड ६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ४२ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ८ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २७.६१ प्रतिशतले बढेको छ भने नवीकरण बीमाशुल्क ४.६० प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ३४ लाख ४ हजार ६४७ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख १९ हजार ७२५ वटा थियो। बीमालेख संख्या ०.६२ प्रतिशतले घटेको छ।

यसैगरी समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १२.६४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५५ लाख ६५ हजार ८३७ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा १.०१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५६ लाख २२ हजार ४५९ वटा थियो।

चालु आर्थिक वर्षको कात्तिकसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६० लाख ७० हजार ७५५ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ६८ हजार ५५ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख ११ हजार ६९३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या १७ लाख ८५ हजार ५७३ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ३.८२ प्रतिशतले घटेको छ भने वैदेशिक रोजगार बीमालेख संख्या २१.४२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या भने घटेर ४२.९२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.९८ प्रतिशत थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS