IME Life New

वैदेशिक रोजगार बीमाको ४४% व्यवसायमा सन नेपाल लाइफको पकड, अरुको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमा व्यापारबाट १ अर्ब रुपैयाँ बढी भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले २१ लाख ६८ हजार ५५ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर १ अर्ब ५ करोड ६७ लाख ८७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।

तथ्यांकअनुसार वैदेशिक रोजगार बीमालेख बिक्री गरेर सबैभन्दा धेरै सन नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीले ४६ करोड ५२ लाख २५ हजार रुपैयाँको व्यापार गरेको छ। यो कुल वैदेशिक रोजगार बीमा व्यापारको ४४.०२ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी दोस्रो धेरै वैदेशिक रोजागार बीमाको व्यापार गर्नेमा एसियन लाइफ रहेको छ। कात्तिकसम्म यो कम्पनीले २० करोड २० लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। कुल वैदेशिक रोजगार बीमाको व्यापारमा एसियन लाइफको हिस्सा १९.५५ प्रतिशत रहेको छ।

तेस्रोमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ८ करोड ९६ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यो व्यापारमा यस कम्पनीको हिस्सा ८.४९ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले ८ करोड ३२ लाख २९ हजार रुपैयाँ, सानिमा लाइफले ५ करोड ३४ लाख ९५ हजार रुपैयाँ, सूर्यज्योति लाइफले ५ करोड १७ लाख ९ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ करोड ३० लाख ५३ हजार रुपैयाँ, आइएमई लाइफले ३ करोड ६३ लाख २८ हजार रुपैयाँ, सिटिजन लाइफले २ करोड ९४ लाख २ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १२ लाख ८१ हजार रुपैयाँ र हिमालयन लाइफले ५ लाख ५५ हजार बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी कात्तिकसम्म वैदेशिक रोजगार बीमालेख बिक्रीबाट लिबर्टी माइक्रो लाइफले ४ लाख ९४ हजार रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले १ लाख ८६ हजार रुपैयाँ र गार्डिन माइक्रो लाइफले १ लाख २० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS