IME Life New

कात्तिकमा जीवन बीमकको व्यापार सवा १२ अर्ब माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकमा जीवन बीमा कम्पनीहरुले सवा १२ अर्ब बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकमा १४ वटा जीवन बीमा कम्पनीले ३ लाख ४३ हजार २३५ वटा १२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले कात्तिकमा ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रोमा नेसनल लाइफ रहेको छ। कात्तिकमा कम्पनीले १ अर्ब ५३ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक व्यापार गर्ने तेस्रो कम्पनी हो। कात्तिकमा यो कम्पनीले १ अर्ब ४८ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

चालु आर्थिक वर्षको कात्तिकमा हिमालयन लाइफले १ अर्ब २७ करोड १८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७५ करोड १९ लाख रुपैयाँ, एसियन लाइफले ७० करोड ७६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४८ करोड ७२ लाख रुपैैयाँ र सिटिजन लाइफले ४४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै कात्तिकमा मेट लाइफले ४३ करोड ४३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३८ करोड ७७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३५ करोड ८ लाख रुपैयाँ, सन नेपाल लाइफले ३४ करोड ८७ लाख रुपैयाँ र आइएमई लाइफले ३२ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS