IME Life New

सूर्यज्योति लाइफको वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरको बिग होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षमा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चको अनुमोदन गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको नाफा–नोक्सान, नगद प्रवाह विवरणलगायतको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति पारित गर्नेछ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS