IME Life New

एलआईसी नेपालले बुधबारबाट हकप्रद शेयर ल्याउँदै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले भोलि मंसिर १२ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्तापुँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र यो कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्।

Esewa
Crest

कम्पनीको हकप्रद बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै काठमाडौंको पुतलीसडकमा रहेको स्टारमलस्थित लाइफ इन्स्योरेन्स कर्पोरेसनको काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।

एलआईसी नेपालको हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको वित्तीय अवस्था

एलआईसी नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क र ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ र महाविपत्ति कोषमा ५९ करोड ५८ लाख रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ८ करोड २ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.८८ रुपैयाँ, पीई रेसियो १७७.९७ गुणा र प्रतिशेयर नेटवर्थ २२८.४६ रुपैयाँ रहेको छ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ ‘ए प्लस’ प्रदान गरेको छ। यसले कम्पनीसँग समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS