IME Life New

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८।८९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकका केही संस्थापकको नाममा रहेको शेयर बैंकले विक्रीमा राखेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ। उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

Esewa
Crest

बैंकले तोकेको सो समयसीमाभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS