इन्स्योरेन्स खबर/काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्बन्धी सहमती पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अच्युतराज साप्कोटा र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट शाखा प्रबन्धक बद्रीनाथ पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार यस वित्तीय संस्थाका ग्राहकहरुले यस वित्तीय संस्थाका जुनसुकै शाखाबाट यस इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पुर्ण सेवा सजिलै लिन सक्नेछन् ।
संस्थाले २० वटा शाखाहरुबाट लघुवित्तका साथै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको सीईओ अच्युतराज साप्कोटाले जानकारी गराए । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तिय संस्थाको रुपमा कार्यक्रम संचालनको अनुमती पाएको यस सबैको लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बन्दिपुर–१ डुम्रेमा तनहुमा रहेको छ।