IME Life New
GBIME

डलरको भाउले बनायो नयाँ कीर्तिमान, हालसम्मकै महँगो

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन डोनाल्ड ट्रम्प विजयी भएसँगै विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो बन्दै गएको छ। नेपाली बजारमा आज बुधबार फेरि डलरको भाउले नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

Crest

यसअघि गत कात्तिक ३० गते १ अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च थियो। यो रेकर्ड आज तोडिएको छ।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS