IME Life New

विदेशीले भन्दा नेपालीले धेरै खर्च गर्छन् विदेश भ्रमणमा, ३ महिनामै बाहिरियो पौने ५६ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विदेश भ्रमणमा नेपालीले रुचि बढाउँदै लगेका छन्। यही कारणले ठूलो धनराशि बाहिरिने गरेको छ।

नेपालमा विदेशी पर्यटकले खर्च गर्ने पैसाभन्दा नेपालीले विदेश भ्रमण गर्दा बढी खर्च गर्ने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिना असोजसम्मको तथ्यांकले यस्तो देखाएको हो।

Esewa
Crest

प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालीले विदेश भ्रमणमा ५५ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ७.७ प्रतिशतले बढी हो । जसमा विदेश घुम्दा २३ अर्ब ६५ करोड रुपैयाँ र विदेशमा पढ्न जाँदा ३२ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ। अघिल्लो वर्ष यही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँ थियो। जसमा विदेश घुम्दा जाँदा १८ अर्ब ८८ करोड रुपैयाँ र पढ्न जाँदा ३२ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको थियो।

समीक्षा अवधिमा नेपालले भ्रमण आयतर्फ १७ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ। यो अघिल्लो वर्ष यही अवधिको तुलनामा ३.५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो। यो विदेशी पर्यटकले गरेको खर्च हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS