IME Life New

राष्ट्रिय जीवन बीमा र आइएमई लाइफ लामो समयदेखि सीईओविहीन, युनाइटेड अजोडमा पनि महिना दिनदेखि रिक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजाजतप्राप्त बीमा कम्पनीमध्ये हाल ३ वटा कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा सञ्चालन रहेका छन्।
सरकारी स्वामित्वको जीवन बीमक राष्ट्रिय जीवन बीमा कम्पनी र निजी क्षेत्रको आइएमई लाइफ इन्स्योरेन्स लामो समयदेखि सीईओविहीन अवस्थामा सञ्चालन भइरहेका छन् भने कुलश बीमाकर्मी श्रवणकुमार रावलको निधनपछि युनाइटेड अजोड इन्स्योरेन्स पनि सीईओविहीन बन्न पुगेको छ।

आइएमई लाइफको प्रमुख कार्यकारीबाट कवि फुयाँलले राजीनामा दिएयता नयाँ सीईओ नियुक्त गरिएको छैन । हाल यो कम्पनीको नेतृत्व निमित्त सीईओका रुपमा नायब सीईओ दिनेश अमात्यले गरिरहेका छन्। फुयाँलको राजीनामा आइएमई लाइफको सञ्चालक समितिले गत भदौ ९ गते स्वीकृत गरेको थियो।

Esewa
Crest

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ रावलको गत कात्तिक ८ गते निधन भएको थियो। उनको निधनसँगै कम्पनीमा सीईओ पद रिक्त रहेको छ। हाल कम्पनीको नेतृत्व निमित्त सीईओको जिम्मेवार डोरिन्द्रारज दाहालले गरिरहेका छन्।

यसैगरी बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेजी भएपछि लिमिटेड कम्पनीमा बाध्यात्मक रुपान्तर भएको राष्ट्रिय जीवन बीमा कम्पनीमा सीईओ नियुक्त हुन सकेको छैन । २०८० कात्तिक २१ गते कम्पनीमा रुपान्तरण भएको सरकारी स्वामित्वको यो जीवन बीमकमा पहिलो सीईओ नियुक्तिका लागि गत असोज १६ गते दरखास्त आह्वान गरिएको थियो। तर, शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस समितिले सर्टलिस्ट गर्नुपर्ने प्रावधान छ। तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको भन्दै मंसिर ५ गते सूचना निकाल्दै समितिले जनायो। समितिले आज मंसिर ६ गते फेरि सूचना निकालेर सीईओका लागि दरखास्त आह्वान गरेको छ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका २०८० (पहिलो संशोधन)को दफा २५(११) को प्रावधानअनुसार बीमकको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्त गरिसक्नुपर्नेछ।

सरकारी स्वामित्वको कम्पनी सीईओविहीन भएको १ वर्ष पूरा भइसकेको छ। हाल राष्ट्रिय जीवन बीमा कम्पनीको नेतृत्व निमित्त सीईओका रुपमा नायब महाप्रबन्धक महेश रिमालले गरिरहेका छन्।

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ नियुक्तिका लागि यसको सञ्चालक समितिले गत वैशाख ११ गते नै सीईओ छनौट तथा सिफारिस कार्यविधि २०८१ स्वीकृत गरेको थियो। कम्पनीमा रुपान्तरण भएको ६ महिनापछि बल्ल कार्यविधि स्वीकृत भएको थियो। लामो समयदेखि बाँकी रहेका वित्तीय प्रतिवेदन स्वीकृतिसँगै साधारणसभा सम्पन्न गर्नुपर्ने, कम्पनी मोडलमा सञ्चालन गर्न रणनीति कार्यान्वयन गर्नुपर्ने, शाखा, उपशाखा विस्तारसँगै व्यापार वृद्धि गरेर निजी बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा रहेको यो कम्पनीका सामु चुनौतीका चाङ लागेका छन्।

मन्त्रिपरिषद्को कात्तिक १६ गतेको बैठकले संस्थानलाई ५० करोड अधिकृत पुँजी र १८ करोड १० लाख २० हजार रुपैयाँ कायम राखी कम्पनीमा परिणत गर्ने निर्णय गरिएको थियो। बीमा नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमकका लागि न्यूनत्तम चुक्तापुँजी ५ अर्ब रुपैयाँ कायम गर्नुपर्ने प्रावधान लागू गरेको छ। नियामकको निर्देशनबमोजिम चुक्तापुँजी थप गर्ने र प्राथमिक शेयर निष्कासन गर्नुपर्ने दायित्व पनि यसको नेतृत्वसामु रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS