IME Life New

जीवन बीमकमा सर्वाधिक नाफा कमाउनेमा हिमालयन लाइफ, वृद्धिदरमा सिटिजन लाइफ अग्रस्थानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा कम्पनीहरुले १ अर्ब ६२ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नाफा १८.६२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने हिमालयन लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन लाइफ अग्रस्थान रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा जीवन बीमकको नाफा बढेको छ भने एउटाको घटेको छ।

हिमालयन लाइफ २५ करोड ३७ लाख कमाएर शीर्ष स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले २४ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कमपनीको नाफा ५.१२ प्रतिशतले बढेको छ।

दोस्रोमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले ३ महिनामा २० करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३०.०६ प्रतिशतले बढेको छ।

उच्च नाफा आर्जन गर्नेमा रिलायबल नेपाल लाइफ तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ११ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १९ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा रिलायबल नेपाल लाइफको नाफा ६६.९९ प्रतिशतले बढेको छ।

यस्तै समीक्षा अवधिमा सन नेपाल लाइफले १६ करोड ६१ लाख रुपैयाँ, आइएमई लाइफले १४ करोड ५० लाख रुपैयाँ, नेसनल लाइफले १३ करोड ८३ लाख रुपैयाँ, एसियन लाइफले १३ करोड २९ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले १३ करोड २९ लाख रुपैयाँ कमाएका छन्। अघिल्लो वर्ष यही अवधिमा सन नेपाल लाइफले १६ करोड ५३ लाख रुपैयाँ, आइएमई लाइफले १३ करोड ३ लाख रुपैयाँ, नेसनल लाइफले १३ करोड २ लाख रुपैयाँ, एसियन लाइफले ९ करोड ३५ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ११ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा सन नेपाल लाइफको ०.४९ प्रतिशत, आइएमई लाइफको ११.२२ प्रतिशत, नेसनल लाइफको ६.२४ प्रतिशत, एसियन लाइफको ४२.०७ प्रतिशत र सानिमा रिलायन्स लाइफको १९.९३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा सिटिजन लाइफले १३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८३.१६ प्रतिशतले बढेको छ। जीवन बीमा कम्पनीमा सिटिजन लाइफको नाफा वृद्धिदर सर्वाधिक देखिएको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमास प्रभु महालक्ष्मी लाइफले १२ करोड ६२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ५३ लाख रुपैयाँ, मेट लाइफले ९ करोड ६५ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले ७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्ष यही अवधिमा प्रभु महालक्ष्मी लाइफले १० करोड ३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड २५ लाख रुपैयाँ, मेट लाइफले ९ करोड २५ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका थिए। यी कम्पनीले नाफा क्रमशः २५.७४ प्रतिशत, २.५१ प्रतिशत, ४.२९ प्रतिशत र ३५.४५ प्रतिशतले बढाउन सफल भएका छन्।

सबैभन्दा कम नाफा कमाउने कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। यो कम्पनीले ३ महिनामा २२ लाख ६७ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९४.०१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS