Siddhartha Bank
GBIME
IME Life

शाखा विस्तारमा जीवनभन्दा निर्जीवन बीमक आक्रामक, बढ्यो कर्मचारी संख्या

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाखा विस्तारमा जीवन बीमकभन्दा निर्जीवन बीमक आक्रामक देखिएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको तथ्यांकबाट यस्तो देखिएको हो। जीवन र निर्जीवन दुवै बीमकको शाखा कार्यालयसँगै कर्मचारी संख्या पनि बढेको छ। वृद्धिदरमा भने निर्जीवन बीमक अगाडि देखिएका छन्।

SKYWELL
Crest

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। समीक्षा अवधिसम्म यी कम्पनीहरुका देशभर प्रधान, क्षेत्रीय, शाखा र उपशाखा कार्यालय गरेर २ हजार ९९८ वटा रहेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म २ हजार ८२५ वटा कार्यालय रहेका थिए। अघिल्लो वर्षको तुलनामा कार्यालय संख्या ६.१२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमकको कार्यालय १.८८ प्रतिशतले बढेर १ हजार ८४० पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार ८०६ वटा थियो।

यसैगरी चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म निर्जीवन बीमकको कार्यालय संख्या १३.३४ प्रतिशतले बढेर १ हजार १५८ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार १९ वटा रहेको थियो।

त्यस्तै समीक्षा अवधिसम्म बीमा कम्पनीहरुमा ११ हजार ७९९ कर्मचारी कार्यरत छन्। जसमा जीवन बीमकतर्फ ५ हजार ८६५ र निर्जीवन बीमकतर्फ ५ हजार ९३४ रहेका छन्।

अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुमा ११ हजार ५०८ जना कर्मचारी कार्यरत थिए। जसमा जीवन बीमकतर्फ ५ हजार ८१९ र निर्जीवन बीमकतर्फ ५ हजार ६८९ कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म जीवन बीमकमा कर्मचारी संख्या ०.७९ प्रतिशत र निर्जीवन बीमकमा ४.३१ प्रतिशतले बढेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS