Siddhartha Bank
GBIME
IME Life

३ महिनामा पोलिसी सरेन्डर मार्फत जीवन बीमा क्षेत्रबाट बाहिरियो ३.८२ अर्ब , कुनको कति समर्पण ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुको २८ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार असोज महिनासम्ममा २८ हजार ०५७ वटा बीमालेख समर्पणवापत कुल ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको ७७ सय ३१ वटा पोलिसी बराबर १ अर्ब २२ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३२ दशमलव १५ प्रतिशत हिस्सा हो ।

SKYWELL
Crest

त्यस्तै, नेपाल लाइफको ६ हजार ५४६ वटा बीमा पोलिसी वापत १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २८ दशमलव ३८ प्रतिशत हिस्सा रहेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको २७ सय ४२ वटा बीमा पोलिसी वापत २७ करोड ४३ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ७ दशमलव १७ प्रतिशत हिस्सा हो । एशियन लाइफको २२ सय ७२ वटा बीमा पोलिसी वापत २४ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव ५० प्रतिशत हिस्सा छ ।

नेशनल लाइफको १५ सय ५४ वटा पोलिसी वापत २३ करोड ६२ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव १८ प्रतिशत हिस्सा हो । सूर्यज्योति लाइफको १५ सय ७४ वटा पोलिसी वापत १९ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ०६ प्रतिशत हिस्सा छ ।

हिमालयन लाइफको २ हजार १४ वटा बीमा पोलिसी वापत १८ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ७७ प्रतिशत हिस्सा छ । मेट लाइफको ९ सय ९५ वटा बीमा पोलिसी वापत १० करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ५३७ वटा पोलिसी वापत ७ करोड ७८ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

आइएमई लाइफको ४७० वटा बीमा पोलिसी वापत ५ करोड ११ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ३५४ वटा बीमा पोलिसी वापत ४ करोड ६९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । सिटिजन लाइफको ५८८ वटा बीमा पोलिसी वापत ४ करोड ४९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको ४८७ वटा बीमा पोलिसी वापत २ करोड ९८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको १९३ वटा बीमा पोलिसी वापत १ करोड ७७ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS