IME Life New

नवीकरण बीमाशुल्कः वृद्धिदरमा रिलायबल नेपाल लाइफ अगाडि, कसको कति संकलन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म जीवन बीमा कम्पनीहरुले करिब ३३ अर्ब रुपैयाँ नवीकरण बीमाशुल्क भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनामा १४ वटा जीवन बीमकहरुले ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म यी कम्पनीहरुले ३४ अर्ब ८ करोड २० लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नवीकरण बीमाशुल्क ३.४ प्रतिशतले घटेको छ।

Esewa
Crest

तथ्यांकअनुसार ११ जीवन नवीकरण बीमाशुल्क बढेको छ भने ३ वटाको घटेको छ। सर्वाधिक नवीकरण बीमाशुल्क घट्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ।

नवीकरण बीमाशुल्क वृद्धिदरका हिसाबले रिलायब नेपाल लाइफ रहेको छ भने सर्वाधिक नवीकरण बीमाशुल्क भित्र्याउनेमा नेपाल लाइफ रहेको छ।

चालु आर्थिक वर्षको असोजसम्म नेपाल लाइफले १० अर्ब १ करोड ९५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म नेपाल लाइफले ९ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क भित्र्याएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नवीकरण बीमाशुल्क ७.०८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ४ अर्ब ५ करोड ७० लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब २८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो। कम्पनीको नवीकरण बीमाशुल्क १.३६ प्रतिशतले बढेको छ।

तेस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेसनल लाइफ रहेको छ। नेसनल लाइफले ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ नवीकरण बीमाशुल्क भित्र्याएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ अर्ब २८ करोड ५४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नवीकरण बीमाशुल्क १४.०८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म हिमालयन लाइफले ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ८५ करोड ९९ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब ६४ करोड २ लाख रुपैयाँ, सिटिजन लाइफले १ र्अ २५ करोड ८७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब १ करोड ४९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नवीकरण बीमाशुल्क राष्ट्रिय जीवन बीमा कम्पनीले ७४.१८ प्रतिशत, हिमालयन लाइफको ४.४२ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.२४ प्रतिशतले घटेको छ। सूर्यज्योति लाइफको ४.१९ प्रतिशत, एसियन लाइफको ५.९० प्रतिशत, सिटिजन लाइफको १५.५६ प्रतिशत र मेट लाइफको ५.३१ प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म प्रभु महालक्ष्मी लाइफले ९४ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ९० करोड ४५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८६ करोड ६४ लाख रुपैयाँ र सन नेपाल लाइफले ६२ करोड ५१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क भित्र्याएका छन्। अघिल्लो वर्षको तुलनामा नवीकरण बीमाशुल्क रिलायबल नेपाल लाइफको २५.७३ प्रतिशत, आइएमई लाइफको १८.२२ प्रतिशत, सन नेपाल लाइफको ७.३७ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.९४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS