Siddhartha Bank
GBIME
IME Life

एक महिनामा जीवन बीमकले संकलन गरे ११ अर्ब ५ करोड बीमाशुल्क, कुनको बजार हिस्सा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को असोज महिना अर्थात एक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले एक महिनामा ३ लाख ९४ हजार ३६४ वटा बीमालेखा जारी गरी कुल ११ अर्ब ८ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

एक महिनामा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २६ दशलमव ६५ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १२ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव ४५ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यस्तै, हिमालयन लाइफले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशलमव ७३ प्रतिशत हिस्सा ओगटेको छ । सूर्यज्योति लाइफले ६४ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ८१ प्रतिशत हिस्सा ओगटेको छ । एशियन लाइफले ६१ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ५ दशलमव ६० प्रतिशत हिस्सा ओगटेको छ । मेट लाइफले ४८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ३६ प्रतिशत हिस्सा ओगटेको छ ।

SKYWELL
Crest

त्यसैगरी सानिमा रिलायन्स लाइफले ४५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव १६ प्रतिशत हिस्सा ओगटेको छ । सिटिजन लाइफले ४५ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव १० प्रतिशत हिस्सा ओगटेको छ ।

आइएमई लाइफले ३५ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव २० प्रतिशत हिस्सा ओगटेको छ । प्रभु महालक्ष्मी लाइफले ३४ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव १२ प्रतिशत हिस्सा ओगटेको छ ।

यता रिलायबल नेपाल लाइफले ३४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ०९ प्रतिशत हिस्सा ओगटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३१ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ८८ प्रतिशत हिस्सा ओगटेको छ । सन नेपाल लाइफले ३१ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ८५ प्रतिशत हिस्सा ओगटेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS