IME Life New

क्युट लुक अनि गज्जबको रेन्ज, लन्च भयो नानोभन्दा सानो इलेक्ट्रिक कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा अहिले इलेक्ट्रिक कारको तीव्रगतिमा बढिरहेको छ। धेरैजसो कम्पनी अहिले इलेक्ट्रिक कार उत्पादनमा जोड दिइरहेका छन्।

यसबीच पेरिस मोटर शोमा फ्रान्सको मुख्य कार निर्माता कम्पनी सिट्रनले आफ्नो लोकप्रिय कार एमीको नयाँ फेसलिफ्ट मोडल विश्वसामु सार्वजनिक गरेको छ। यो कार ४ वर्षदेखि विश्व बजारमा बिक्रीका लागि उपलब्ध थियो। कम्पनीको दाबी छ कि अहिलेसम्म ६५ हजार युनिट कार बिक्री भइसकेको छ।

Esewa
Crest

यो सानो इलेक्ट्रिक कारको सफलतापछि कम्पनीले यसको फेसलिफ्ट मोडल पेस गरेको हो। जसलाई आगामी वर्ष विश्व बजारमा बिक्रीका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यो कार टाटाको नानोभन्दा पनि सानो छ। यसको लम्बाइ मात्र २४१० एमएम, चौडाइ १३९० एमएम र उचाइ १५२५ एमएम रहेको छ। जब कि नानोको लम्बाइ ३१६४ एमएम, चौडाइ १४९५ एमएम र उचाइ १६५२ एमएम रहेको छ।

दुईसिटे यो कारमा कम्पनीले ५.५ केडब्ल्यूएचका क्षमताको ब्याट्री प्याक दिएको छ। जसलाई ८ बीएचपीको इलेक्ट्रिक मोटरसँग जोडिएको छ।

कम्पनीले सिंगल चार्जमा यो कारले ७५ किलोमिटरको सफर गर्न सक्ने दाबी गरेको छ। यसको टप स्पिड ४५ किलोमिटर प्रतिघन्टा रहेको छ।

यो कारमा दुईवटा ढोका रहेका छन्। यसको क्याबिनमा स्टाइलिस स्टियरिङ ह्विल पाइनेछ। यसलाई कमर्सियल पनि प्रयोग गर्न सकिनेछ।
कारको पछिल्लो भागमा ६३ लिटरको बुट स्पेस दिइएको छ। जहाँ साना ब्यागेज वा ट्रली आदि राख्न सकिन्छ।

कम्पनीले कारको ड्यास बोर्ड क्लिन राख्ने कोसिस गरेको छ। स्टियरिङ ह्विलको नजिक एउटा फोन स्ट्यान्ड पनि दिइएको छ।

यो कारमा दुईजना सजिलै बस्न सक्छन्। दुईवटै ढोका अलग–अलग पिलरले अट्याच गरिएको छ। ड्राइभर साइडको ढोका फ्रन्ट पिलरमा जोडिएको छ। जब कि ड्राइभिङ सिटको एन्ट्रीको ढोका पछाडिको पिलरसँग जोडिएको छ।

यो कार सामान्य घरेलु सकेटमा कनेक्ट गरेर सजिलै चार्ज गर्न सकिन्छ। यसको ब्याट्री फुल चार्ज हुन ४ घन्टा समय लाग्छ।

कम्पनीले यो कारको दुईवर्षे म्यानुफ्याक्चरिङ वारेन्टी दिएको छ। यो कारको ब्याट्रीमा ३ वर्षको वारेन्टी र रोड साइड असिस्टेन्स सुविधा पनि पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS