IME Life New

समावेशी बीमामार्फत आर्थिक रुपमा समाजलाई बलियो बनाउन सकिन्छः उपराष्ट्रपति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले समावेशी बीमामार्फत आर्थिक रुपमा समाजलाई बलियो बनाउन सकिने बताएका छन्।

काठमाडौंमा आजबाट सुरु भएको समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्तो धारणा राखेका हुन्। ‘समावेशी बीमामाफृत प्रदान गरिने स्वास्थ्य र जीवन बीमाले समाजमा रहेका हरेक मानिसले जीवन र स्वास्थ्य सुरक्षा पाउनेछन्’, उनले भने, ‘बीमितको परिवारको वित्तीय सुरक्षा पनि प्रदान गर्नेछ। यसका लागि हामी सबै संयुक्त रुपमा अगाडि बढ्नुपर्छ।’

Esewa
Crest

उपराष्ट्रपति यादवले समावेशी बीमाले विपन्न र गरिब वर्गले वित्तीय सुरक्षा पाउने विश्वास व्यक्त गरेका छन्। ‘बीमाले नसोचेको घटना घट्दा सरक्षा प्रदान गर्छ’, उनले भने, ‘बीमाले मानिसलाई वित्तीय सुरक्षा उपलब्ध गराउँछ। यसले मानिसहरुको वित्तीय स्थिरता कायम गर्छ।’

उपराष्ट्रपति यादवले मानिसलाई बीमाको महत्व बुझाउन समाजमा जनचेतना फैलाउन आवश्यक रहेको पनि औँल्याएका छन्। ‘विभिन्न स्किम र कार्यक्रम ल्याउन सरकार र बीमा कम्पनीहरुले हातेमालो अगाडि बढ्नुपर्छ र हरेक मानिसको पहुँच बीमा पुर्याउनुपर्छ’, उनले भने।

उपराष्ट्रपति यादव अझै पनि नेपालमा बीमाको पहुँच थोरैमा मात्रै पुगेको अवगत गराएका छन्। ‘८० प्रतिशत जनसंख्या मौसम परिवर्तनका कारण प्रभावित बन्ने गरेका छन्, बीमाको पहुँच नपुग्दा ती जनता जोखिममा पर्ने गरेका छन्’, उनले भने।

भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट उत्पन्न क्षतिमा आर्थिक सुरक्षा प्रदान गर्न बीमाले महत्वपूर्ण भूमिका खेल्ने यादवले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS