GBIME
IME Life

राष्ट्रियस्तरका विकास बैंकः सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ, पछ्याउँदै गरिमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा १ अर्ब ६२ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। यो अवधिमा सर्वाधिक नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ रहेको छ। मुक्तिनाथले यो दुई महिनामा ३२ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

SKYWELL
Crest

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। गरिमाले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ।

शाइन रेसुंगा नाफा आर्जनको हिसाबले तेस्रो स्थानमा रहेको छ। यो बैंकले दुई महिनामा २१ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

भदौसम्म ज्योतिले १९ करोड ६२ लाख रुपैयाँ, कामना सेवाले १७ करोड ६९ लाख रुपैयाँ, महालक्ष्मीले १७ करोड १४ लाख रुपैयाँ, सांग्रिलाले १४ करोड ३० लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS