IME Life New

राष्ट्रियस्तरका विकास बैंकः सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ, पछ्याउँदै गरिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा १ अर्ब ६२ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। यो अवधिमा सर्वाधिक नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ रहेको छ। मुक्तिनाथले यो दुई महिनामा ३२ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। गरिमाले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ।

शाइन रेसुंगा नाफा आर्जनको हिसाबले तेस्रो स्थानमा रहेको छ। यो बैंकले दुई महिनामा २१ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

भदौसम्म ज्योतिले १९ करोड ६२ लाख रुपैयाँ, कामना सेवाले १७ करोड ६९ लाख रुपैयाँ, महालक्ष्मीले १७ करोड १४ लाख रुपैयाँ, सांग्रिलाले १४ करोड ३० लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS