IME Life New

समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलिबाट काठमाडौंमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलि कात्तिक ५ गतेबाट काठमाडौँमा हुँदैछ। यो सम्मेलन कात्तिक ९ गतेसम्म चल्नेछ।

सम्मेलनका लागि आवश्यक सबै तयारी भइसकेको आयोजक समितिले जनाएको छ। होटल याक एन्ड यतीमा आयोजना हुने सम्मेलनमा विश्वभरका ५० भन्दा बढी मुलुकबाट बीमा, लघु बीमा, समावेशी बीमा र पुनर्बीमासम्बन्धी विज्ञहरुको सहभागिता रहनेछ।

Esewa
Crest

सम्मेलनमा गैरसरकारी संस्थाहरु, विकास–सहायता संस्थाहरु, नियामक निकायहरु, नीति विशेषज्ञहरु र बीमा उद्योगका विज्ञहरुसहित विश्वभरबाट ४०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। यी सबै न्यून आय भएका र जोखिममा परेका परिवारहरुका लागि समावेशी बीमा समाधान प्रवर्द्धनको क्षेत्रमा सक्रिय संस्थाहरु हुन् ।

पहिलोपटक यो सम्मेलनको आतिथ्यताको अवसर पाएको नेपालले सम्मेलनका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बीमा बजारलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्न खोजेको छ। बीमा बजारलाई चिनाउने र सँगै पर्यटन प्रवर्द्धनमा समेत योगदा पुर्याउन सकिने आयोजकको विश्वास छ।

सम्मेलनको २० औँ संस्करण म्युनिख रि फाउन्डेसन र माइक्रोइन्स्योरेन्स नेटवर्कको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघ र नेपाल बीमा प्राधिकरणले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। भोलिको उद्घाटनसत्रपछि दोस्रो दिन कात्तिक ६ गते पत्रकार सम्मेलन हुनेछ। पत्रकार सम्मेलनमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मन्तव्य राख्नेछन्।

बीमक संघका अध्यक्ष चंकी क्षेत्री, म्युनिख रि फाउन्डेसनका उपाध्यक्ष डर्क रेनहार्ड र माइक्रोइन्स्योरेन्स नेटवर्कको बोर्डका अध्यक्ष लोरेन्जो चानले पत्रकार सम्मेलनमा सम्मेलनको उद्देश्यबारेमा प्रकाश पार्नेछन्। पत्रकार सम्मेलन मध्याह्न १२ः३० बजे हुने कार्यक्रम तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS