IME Life New

होन्डाले ल्यायो पहिलो ३०० सीसी फ्लेक्स फ्युल बाइक, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले आधिकारिक रुपमा नयाँ सीबी३००एफ फ्लेक्स–इन्धन बाइक सार्वजनिक गरेको छ। जुन भारतको पहिलो ३०० सीसी फ्लेक्स–इन्धन मोटरसाइकल हो।

यो बाइक सार्वजनिक गरेसँगै कम्पनीले यसको आधिकारिक बुकिङ पनि सुरु गरेको छ। खरिदकर्ताले अब होन्डा सीबी३००एफ फ्लेक्स–इन्धन होन्डाको बिगविङ डिलरसिपहरुमा बुक गर्न सक्छन् र यसको मूल्य भारु १.७० लाख (एक्स–शोरुम, दिल्ली) छ।

Esewa
Crest

कम्पनीले गत भारत मोबिलिटी शोमा पहिलोपटक यो फ्लेक्स फ्युल बाइक प्रदर्शन गरेको थियो। यो बाइक ई८५ इन्धनमा चल्नेछ। अर्थात् यसमा प्रयोग हुने इन्धन ८५ प्रतिशत इथानोल र १५ प्रतिशत पेट्रोल हुनेछ। फ्लेक्स फ्युल इन्जिन बाहेक कम्पनीले यस बाइकमा कुनै परिवर्तन गरेको छैन। यस बाइकको लुक, डिजाइन र हार्डवेयर आदि पहिलेको जस्तै रहेको छ।

यो बाइक धेरै हदसम्म स्ट्यान्डर्ड मोडलसँग मिल्दोजुल्दो छ। यसमा एलईडी हेडलाइट र मस्कुलर बडी वर्क देखिन्छ। यसको फ्रन्ट अलि बढी सार्प बनाइएको छ। जसले यसलाई स्पोर्टी लुक दिन्छ। यो बाइक दुई रङमा ल्याइएको छ। जसमा रातो र खैरो रङ समावेश छन्। यसको डिस्प्लेमा इथानोल इन्डिकेटर पनि दिइएको छ।

कम्पनीले यस बाइकमा २९३.५ सीसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन प्रयोग गरेको छ। जसले २४.५बीएचपीको पावर र २५.९ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पिड ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ। यो बाइकमा पहिले जस्तै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल एलईडी इल्युमिनेसन रहेको छ।

कम्पनीले यो बाइकमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) र ट्रक्यासन कन्ट्रोल जस्ता सुविधा समावेश गरेको छ। यसको अगाडि सुनौलो रङको अप–साइड–डाउन (यूएसडी) फोर्क सस्पेन्सन छ। मोनोशक सस्पेन्सन पछाडि उपलब्ध छ। यस बाइकको दुवै पांग्रामा सिंगल डिस्क ब्रेक उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS