IME Life New

स्पोर्टी लुकमा नयाँ पल्सर ल्याउँदै बजाज, यस्ता छन् फिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता बजाज अटोले आगामी केही दिनमा आफ्नो नयाँ मोटरसाइकल लन्च गर्न लागेको छ। जुन १२५ सीसीको हुनेछ र यसको नाम बजाज पल्सर एन१२५ हुन सक्छ।

बजाजको आगामी मोटरसाइकल पल्सर एन१२५ मा नयाँ १२५ सीसी इन्जिन हुनेछ। जुन कम्पनीको १२५ सीसी सेग्मेन्टमा अवस्थित बाइक एनएस१२५ र पल्सर १२५ भन्दा बढी शक्तिशाली हुन सक्छ। यो बजाज पल्सर एन१२५ को डाउनसाइज संस्करण हुन सक्ने खबर पनि छ। तर, लन्च गरेपछि मात्र यसले कसरी काम गर्छ र यो पावर र टर्कको हिसाबले कस्तो छ भन्ने विस्तृत रुपमा थाहा पाउन सकिन्छ।

Esewa
Crest

बजाजले लामो समयदेखि आफ्नो १२५ सीसी इन्जिन अपग्रेड गरेको छैन र मानिस यसलाई उत्सुकतापूर्वक पर्खिरहेका छन्। अहिले भारतीय बजारमा १२५ सीसी सेगमेन्टका बाइकमा पनि लुक्स र फिचर्समा विशेष जोड दिइएको छ र हिरो एक्स्ट्रिम १२५आर यसको ठूलो उदाहरण हो। बजाजले आफ्नो नयाँ पल्सर एन१२५ लाई पनि स्पोर्टी लुकमा प्रस्तुत गर्न सक्छ।

मिडिया रिपोर्टका अनुसार मस्कुलर फ्युल ट्यांकीको साथसाथै यसमा सार्प डिजाइन ल्यांग्वेजा, स्लिक टेल सेक्सन, एलईडी लाइट, सिंगल पिस एल्युमिनियम ग्रेब रेल, स्प्लिट सिट सेटअप, सिंगल पिस ह्यान्डलबार र अपराइट राइडिङ पोजिसनजस्ता फिचर छन्।

आगामी बजाज एन१२५ को सम्भावित फिचरका बारेमा कुरा गर्दा यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोसक सस्पेन्सनका साथै अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक हुन सक्छन्। पल्सर एन१२५ मा नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट कन्सोलका साथमा ब्लुटुथ कनेक्टिभिटीजस्ता फिचर पनि देख्न सकिने बताइएको छ । बजाज पल्सर एन१२५ भारु १ लाखदेखि भारु १.१० सम्मको मूल्य दायरामा लन्च हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS