IME Life New

कोशी प्रदेशको इटहरीमा एशियन लाइफको अभिकर्ता सम्मान् सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले देशव्यापी अभिकर्ता सम्मान कार्यक्रम अन्तर्गत शनिबार कोशी प्रदेशको इटहरीमा सम्मान कार्यक्रम गरेको छ। इन्स्योरेन्सका अनुसार कार्यक्रममा विराटनगर, इटहरी, गाइघाट, बेलबारी, इनरूवा, कालाबञ्जर, धरान, रामपुर, धनकुटा शाखा अन्तर्गतका अभिकर्ताको सहभागिता रहेको थियो।

आर्थिक वर्ष २०८०।८१ मा तोकिएको व्यवसायीक लक्ष्य पुरा गरेर क्लब मेम्बर र बिजनेश म्यानेर सुविधाका लागि योग्य भएका अभिकर्ताहरूलाई नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले प्रशंसा पत्र वितरण गरेका थिए ।

Esewa
Crest

कार्यक्रमको दोश्रो शत्रमा प्रशिक्षक डाक्टर तारा जीले अभिकर्ताको व्यवसायीक कुशलता अभिवृद्धिका लागि प्रशिक्षण समेत दिएका थिए ।

कोशी प्रदेशको गाईघाट, इटहरी, इनरूवा, विराटनगर, बेलबारी, धरान, धनकुटाका शाखा प्रबन्धकको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व इन्स्योरेन्सको कोशी प्रदेश प्रमुख रितु प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS