IME Life New

प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४” सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहँदै आएको छ। विप्रेषणले विदेशी मुद्रा आर्जन, घरपरिवारको आय तथा बैंकिङ प्रणालीमा तरलता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रभु बैंकले आफ्नो स्थापनाकालदेखि नै विप्रेषण कारोबारलाई प्राथमिकता दिँदै आएको छ भने विप्रेषणमार्फत प्राप्त रकमलाई बैंकिङ प्रणालीमा परिचालन गरी निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न निरन्तर पहल गर्दै आएको छ।

Esewa
Crest

प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत थप प्रभावकारी रूपमा परिचालन गर्दै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले यो योजना ल्याइएको हो। योजनाले प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदका लागि आवश्यक वित्तीय स्रोतमा सहज पहुँच प्रदान गर्नुका साथै बैंकसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम सिमा रु ३ करोड सम्मका लागी कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका ३०० वटा शाखा मार्फत उपलब्ध गराईने छ ।

यस योजना अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराईने छ । साथै यस योजनामा ग्राहकहरुले बढीमा २ जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा सुविधा तथा कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट गरिएको छ, साथसाथै, पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ उपलव्ध गराइएको छ ।

यस योजनाले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपाली नागरिकलाई आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माणरखरिद गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने विश्वास बैंकले लिएको छ। साथै, प्रवासी नेपालीबाट बैंकिङ प्रणालीमा आउने विप्रेषणलाई औपचारिक माध्यमबाट परिचालन गर्दै निक्षेप अभिवृद्धि, उत्पादनशील कर्जा प्रवाह तथा दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने बैंकको अपेक्षा रहेको छ।

बैंकले आफ्ना ग्राहकहरूको बदलिँदो वित्तीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै सहज, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS