IME Life New

लैङ्गिक आधारमा बीमितको पहिचान गर्ने तथ्यांक प्रणाली कार्यान्वयनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लैङ्गिक आधारमा बीमितको पहिचान गर्न फेमा मिटर(एफइएमए मिटर) प्रयोगमा ल्याएको छ। एक्सेस टु इन्क्लुसिभ इन्स्योरेन्स (समावेशी बीमामा पहुँच) नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहयोमा यो मिटर प्रयोगमा ल्याइएको हो।

फेमा मिटरले जीवन बीमामा बीमित महिला, पुरूष वा तेश्रो लिङ्गी मध्ये को हुन् भन्ने पहिचान सहितको विवरण संकलन, प्रशोधन र वितरण गर्छ। यसबाहेक नियामक र बीमकको संगठन(सञ्चालक समितिदेखि जनशक्तिसम्म) महिला, पुरूषको अनुपात कस्तो छ, कतिको समावेशी छ भन्ने विषय पनि यो मिटरले अध्ययन गर्छ। हालसम्म पनि नेपालमा लिङ्गका आधारमा बीमितको संख्या छुट्याइएको छैन ।

Esewa
Crest

यो प्रणालीको कार्यान्वयनबाट महिला र पुरूषबीच बीमा सुरक्षाको खाडल मापन गर्न र महिला पुरूषबीचको बीमा आवश्यक्ताको भिन्नता पहिचान गर्न मद्दत गर्ने एटुआइआइको विश्वास छ।

हाल नेपालको बीमा उद्योगमा लैङ्गिकरूपमा बीमितको पहिचान हुने गरी बीमित संख्या वा बीमालेख संख्या छुट्याइएको पर्याप्त विवरण उपलब्ध छैन । नयाँ विधिबाट तथ्यांक संकलनमार्फत प्राधिकरणले नीति निर्माण र बीमा योजनाहरू विकसित गर्न सुसुचित निर्णय लिन सहयोग गर्नेछ। यसले वित्तीय समावेशिता मात्र बढाउने छैन पछडिएका वर्गलाई बीमाको मूलधारमा सहभागि गराउन समेत मद्दत गर्नेछ।

फेमा मिटर के हो ?

यो माइक्रो सफ्ट एक्सेल सफ्टवेयरमा आधारित गणना सहजीकरण गर्ने गणितीय उपकरण हो । यसले लैङ्गिकतामा आधारित रहेर बीमित सम्बन्धि तथ्यांकको विभिन्न सूचकहरूको आधारमा तुलना गर्छ। सहजैरूपमा प्रयोगमा ल्याउन सकिने यो गणितीय उपकरणमा पहिले नै तुलनाका थुप्रै आधारहरू निर्धारण गरिएका छन् । यसले बीमामा पहुँच र बीमाको प्रयोगका साथै संगठनात्मक समावेशिताको सम्बन्धमा अध्ययन गर्न मद्दत गर्छ।

फेमा मिटर यसै वर्षको प्रारम्भमा प्रयोगमा ल्याइएको हो। यसको विकास स्वीस सहयोग नियोग स्वीस एजेन्सी फर डेभलपमेण्ट एण्ड कोअपरेशनको सहयोगमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS