IME Life New

जीवन र निर्जीवन दुवै बीमकको बढ्यो व्यापार, करिब ४३% जनता बीमाको दायरामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्म बीमा कम्पनीहरुले ३८ अर्ब रुपैयाँ बढीको कारोबार व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले भदौसम्म ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँको व्यापार गरेका हुन्। यो गत आर्थिक वर्ष २०८०।८१ को भदौसम्मको तुलनामा ४.९७ प्रतिशतले बढी हो। गत वर्ष भदौसम्म बीमा कम्पनीहरुले ३८ अर्ब २१ करोड ६४ लाख रुपैयाँको व्यापार गरेका थिए।

Esewa
Crest

हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

चालु आर्थिक वर्षको भदौसम्म जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष भदौसम्म जीवन बीमकहरुले २९ अर्ब १३ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा जीवन बीमकको व्यापार ३.५२ प्रतिशतले बढेको छ।

यसैगरी यो वर्ष भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमकको व्यापार पनि १०.८९ प्रतिशतले बढेको छ।

यो वर्ष भदौसम्म जीवन बीमकको कुल सक्रिय बीमालेख १ करोड ३७ लाख ८४ हजार ८८ वटा रहेको छ। गत वर्ष भदौसम्म कुल सक्रिय बीमालेख संख्या १ करोड ३४ लाख ५३ हजार १६६ वटा थियो। अघिल्लो वर्षको तुलनामा सक्रिय बीमालेख संख्या २.४६ प्रतिशतले बढेको छ।

त्यस्तै चालु आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकको कुल बीमालेख ४ लाख ७० हजार ५१४ वटा रहेको छ। गत वर्ष भदौसम्म कुल बीमालेख संख्या ४ लाख ९ हजार ८० वटा थियो। अघिल्लो वर्षको तुलनामा बीमालेख संख्या १५ प्रतिशतले बढेको छ।

यो वर्ष भदौसम्ममा कम्पनीहरुले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् भने नवीकरण जीवन बीमाशुल्कबापत २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ उठाएका छन्।

२०८१ भदौसम्म बीमा दायरामा ४२.९२ प्रतिशत जनसंख्या आएको प्राधिकरणको तथ्यांकले देखाउँछ। जब कि २०८० भदौसम्म ४२.२० प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS