IME Life New

एभिएसन रिस्क म्यानेजमेन्ट कन्क्लेभ: ‘उड्डयन सुरक्षासम्बन्धी रणनीति बनाउन एउटा महत्वपूर्ण पहल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)को आयोजनामा आज काठमाडौंमा एभिएसन रिस्क म्यानेजमेन्ट कन्क्लेभ–२०२४ सुरु भएको छ।

दुसित प्रिन्सेस काठमाडौं होटेलमा सुरु भएको कन्क्लेभको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरेका छन्। यो कार्यक्रम प्रुडेन्टको सहकार्यमा भएको हो।

Esewa
Crest

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सलिकोका सीईओ चंकी क्षेत्रीले कन्क्लेभको उद्देश्यमाथि प्रकाश पारेका थिए। उनले नेपालको उड्डयन क्षेत्र अर्थतन्त्रको खम्बा रहेको बताए। ‘नेपालको पर्यटन क्षेत्रले जीडीपीमा ६.७ प्रतिशतको योगदान गरेको छ। यसको मुख्य कारण सुरक्षित उडान नै हो’, उनले भने।

सीईओ क्षेत्रीले यो वर्षको नेपालको सुन्दरता र संस्कृति हेर्न ठूलै संख्यामा पर्यटक भित्रिएको बताए। ‘यसले नेपालको उड्डयन क्षेत्रमा ठूलै योगदान गरेको छ’, उनले भने, ‘पर्यटनले उड्डयन व्यवसाय बढाएको छ।’

सलिको राम्रो उड्डयन जोखिम व्यवस्थाले दुर्घटनाको न्यूनीकरणमात्रै नभएर बलियो साख र प्रतिबद्धतालाई अगाडि बढाउन लामो समयसम्म साझेदार गर्नुपर्छ भन्ने पक्षमा रहेको सीईओ क्षेत्रीले बताए। ‘यो सम्मेलन उड्डयन जोखिम व्यवस्थाका लागि आवश्यक रणनीति बनाउन महत्वपूर्ण उचित उड्डयन सुरक्षासम्बन्धी आवश्यक कार्य गर्न महत्वपूर्ण रहनेछ’, उनले भने, ‘यसले हाम्रो आकाश सुरक्षित रहेको र हाम्रो उड्डयन परीक्षण बलियो रहेको प्रमाणित गर्दै देशको अर्थतन्त्रलाई थप टेवा दिन मद्दत मिल्ने भने अन्तर्राष्ट्रियस्तरमा पनि साख बढाउनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS