GBIME
IME Life

एक महिनामा जीवन बीमकहरुको व्यापार साढे २ अर्ब बढी, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामा साढे २ अर्ब बढी प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को भदौ महिनामा मात्रै २ अर्ब ५७ करोड १८ लाख रुपैयाँ (वैदेशिक रोजगार बाहेक) प्रथम बीमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६३ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ३३ करोड ३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले २९ करोड ३२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

SKYWELL
Crest

सूर्यज्योति लाइफले २० करोड २० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १७ करोड २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १६ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १४ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १२ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।त्यस्तै, मेट लाइफले १० करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १० करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ७ करोड ६९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ६ करोड १७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ५ करोड ७१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS