IME Life New

व्यापार वृद्धिमा रिलायबल र सिटिजन लाइफ अगाडि, राष्ट्रिय जीवन बीमाको भारी संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यापार सामान्य बढेको छ। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकअनुसार जीवन बीमकहरुको व्यापार अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा सामान्य बढेको हो।

तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको भदौसम्म ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म जीवन बीमकहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। यो हिसाबले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौसम्म जीवन बीमकको व्यापार ३.२९ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक सबैको व्यापार बढेको छ। यो कम्पनीको व्यापार ७० प्रतिशतभन्दा बढीले घटेको छ।

व्यापार वृद्धिमा भने रिलायब नेपाल लाइफ र सिटिजन लाइफ अगाडि देखिएका छन्। यी कम्पनी व्यापार २६ प्रतिशतभन्दा बढीले बढेको छ।

यसैगरी नेसनल लाइफको व्यापार २३ प्रतिशत बढीले बढ्दा सन नेपाल लाइफको २२ प्रतिशत बढी र एसियन लाइफले साढे २० प्रतिशतले व्यापार बढाएको छ।

सूर्य ज्योति लाइफको व्यापारमा पनि आकर्षक बढोत्तरी देखिएको छ। यो कम्पनीले १९ प्रतिशत बढीले व्यापार बढाएको छ।

नेपाल लाइफले करिब १३ प्रतिशतले व्यापार बढाउँदा अन्य ६ कम्पनीको व्यापार भने १० प्रतिशतभन्दा कमले बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म सर्वाधिक व्यापार गर्नेमा भने नेपाल लाइफ रहेको छ। यो कम्पनीले दुई महिनामा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८ अर्ब १ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

यसैगरी दोस्रोमा नेसनल लाइफ रहेको छ। चालु आर्थिक वर्षको भदौसम्म यो कम्पनीले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको भदौसम्म लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ र हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म यी कम्पनीहरुले क्रमशः ३ अर्ब ६ करोड ३४ लाख रुपैयाँ र २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

त्यस्तै सूर्यज्योति लाइफले पनि चालु आर्थिक वर्षको भदौसम्म १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS