GBIME
IME Life

टाटाको नेक्सन सीएनजी लन्च, आकर्षक लुक अनि शक्तिशाली इन्जिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतको अग्रणी गाडी निर्माता कम्पनी टाटा मोटर्सले चाडपर्वअघि आफ्नो सीएनजी पोर्टफोलियो विस्तार गरेर ठूलो फड्को मारेको छ। टाटा मोटर्सले आज आधिकारिक रुपमा आफ्नो नयाँ नेक्सन आईसीएनजी घरेलु बजारमा बिक्रीका लागि सार्वजनिक गरेको छ।आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस सीएनजी एसयूभीको प्रारम्भिक मूल्य भारु ८.९९ लाख (एक्स शोरुम) तोकिएको छ।

यो नयाँ मोडल सार्वजनिक भएसँगै टाटा नेक्सन पेट्रोल, डिजेल, सीएनजी र इलेक्ट्रिक भर्सनमा समेत उपलब्ध हुने देशकै पहिलो कार बनेको छ। कम्पनीले नेक्सन सीएनजी कुल ८ भेरियन्टमा ल्याएको छ। जसमा स्मार्ट (ओ), स्मार्ट प्लस, स्मार्ट प्लस एस, प्योर, प्योर एस, क्रिएटिभ, क्रिएटिभ प्लस र फियरलेस प्लस एस समावेश छन्।

SKYWELL
Crest

यस एसयूभीको लुक र डिजाइनमा कुनै परिवर्तन गरिएको छैन। यो नयाँ फेसलिफ्ट मोडेलजस्तै हो। यसमा स्प्लिट–हेडल्याम्प सेटअप छ र टाटाको लोगो फराकिलो माथिल्लो ग्रिल सेक्सनमा पाइन्छ। हेडलाइटको तल्लो भाग एउटा ठूलो ग्रिलका साथ ट्रापेजोइडल हाउसिंगमा राखिएको छ, जसमा बाक्लो प्लास्टिकको स्ट्रिप रहेको छ। नयाँ नेक्सनमा नयाँ सिक्वेन्सियल एलईडी डे–टाइम रनिङ लाइटहरु प्रदान गरिएको छ।

नेक्सन सीएनजीमा कम्पनीले १.२ लिटर क्षमताको टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिएको छ। जसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्स रहेको छ। यसमा कम्पनीले आफ्नो डुअल सिलिन्डर प्रविधि पनि प्रयोग गरेको छ। अर्थात् कारमा दुईवटा साना सीएनजी सिलिन्डर प्रयोग गरिएको छ। ता कि तपाइँले बुट स्पेसमा सम्झौता गर्नुपर्दैन। यसमा ३२१ लिटरको बुट स्पेस छ। सीएनजी मोडमा यो इन्जिनले ९९ बीएचपी पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ। यो सीएनजी एसयूभीले २४ किलोमिटर प्रतिकिलो माइलेज दिने कम्पनीको दाबी छ।

टाटा नेक्सन फेसलिफ्टको क्याबिनलाई नयाँ टचस्क्रिन सेटअप र दुई–स्पोक स्टेयरिङ ह्वीलसहितको इन्टेरियर डिजाइन कर्भ अवधारणाबाट प्रेरित गरी पुनः डिजाइन गरिएको छ। यसमा एसी भेन्टहरु अलि पातलो बनाइएको छ। ड्यासबोर्डमा कम बटनहरु छन्। जसले सुविधाहरुको सञ्चालनलाई सजिलो बनाउँदछ।

सेन्ट्रल कन्सोलमा टच–आधारित एचभीएससी कन्ट्रोल प्यानलले घेरिएको दुई टगलहरु छन्। ड्यासबोर्डमा फिनिस जस्तै कार्बन फाइबरसहितको लेदर इन्सर्ट पनि छ। यसमा फ्री स्ट्यान्डिङ १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ र दोस्रो स्क्रिनका रुपमा १०.२५ इन्चको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। जसलाई नेभिगेसनका लागि पनि कस्टमाइज गर्न सकिन्छ।

टप–स्पेस नेक्सनले ३६० डिग्री क्यामेरा, कनेक्टेड कार टेक्नोलोजी, वायरलेस चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर दिइएको छ। सेक्युरिटीका हिसाबले यसमा ६ वटा एयरब्याग, ईएससी, सबै सिटका लागि थ्री प्वइन्ट सिट बेल्ट, आइसोफिक्सका साथै आपतकालीन र ब्रेकडाउन कल असिस्टेन्ट स्ट्यान्डर्डका रुपमा उपलब्ध गराइएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS