GBIME
IME Life

सन नेपाल लाइफले वार्षिकोत्सवमा ल्यायो दुई आकर्षक बीमा योजना, के-के छन् विशेषता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर आज दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ। वार्षिकोत्सवका अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो।

सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ। यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ। यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले व्यहोर्ने आकर्षक विशेषता रहेको छ।

SKYWELL
Crest

‘सन लाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो। यस प्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको हो। अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजनाअन्तर्गत आपतकालीन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरु रहेका छन्।

आठौँ वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेसन सेक्युरिटी म्यानेजमेट) सँग सम्बन्धित आईएसओ २७००१ः२०२२ सम्परीक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागु गर्ने प्रतिबद्धता जनाएको छ। यसका लागि प्रमाणीकरण गर्ने निकायबाट अडिट सम्पन्न भएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सत्कर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ। सात सत्कर्मअन्तर्गत प्रभातफेरी, वृक्षरोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री गरिएको छ। सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।

यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ। ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ। विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ।

वार्षिकोत्सवका अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न सहरमा कम्पनीले प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। प्रभातफेरी समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए। यस अवसरमा कम्पनीमा स्थापनाकालदेखि कार्यरत कर्मचारीलाई कदरपत्र प्रदान गरिएको छ।

सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS