IME Life New

साताैं वार्षिकोत्सव मनाउँदै सन नेपाल लाइफ, आज नयाँ बीमालेख जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सात वर्ष, सात प्रदेश अनि सात सत्कर्म भन्ने मूल नाराका साथ आज सातौं वार्षिकोत्सव मनाउँदैछ । इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा सातै प्रदेश अन्तर्गतका प्रदेश, शाखा र उपशाखा कार्यालयमार्फत संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रम समेत गरेको छ।

वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले आइतबार नयाँ बीमालेख समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। वार्षिकोत्सव समारोहसँगै नयाँ बीमालेख सार्वजनिक गरिने इन्स्योरेन्सले जानकारी दिएको छ।

Esewa
Crest

इन्स्योरेन्सले कम्पनीको निरन्तरको यात्रामा सहयोग र साथ दिने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक, सञ्चारकर्मी, व्यवसायीक साझेदार तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गरेको छ। छोटो समयमा हासिल उपलब्धीलाई संस्थागत गर्दै बीमित, अभिकर्ता र शेयरधनीको आकांक्षा पुरा गर्ने गरी आगामी दिनमा इन्स्योरेन्सलाई थप उचाइँमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

वैदेशिक रोजगारी बीमालेख बिक्रीमा अग्रणी रहेको यो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा कुल ३ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले समीक्षा अवधिमा ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो।

यसको चुक्ता पूँजी कुल ३ अर्ब ९६ करोड १६ लाख रूपैयाँ रहेको छ। प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको यसको गत असार मसान्तसम्ममा शेयर प्रिमियम कोषमा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५० करोड २० लाख रुपैयाँ र अन्य पूँजी कोषमा ३७ करोड २१ लाख रुपैयाँ छ।

इन्स्योरेन्ससँग ७ अर्ब ५० करोड १० लाख रूपैयाँ बराबरको जीवन बीमा कोष छ।

गत आवमा इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवमा ७८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १४।५१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५७।८७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS