IME Life New

साटा अवार्डमा काभ्या हिमालयज रिसोर्टले पायो बेस्ट हिल रिसोर्टको उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काभ्या हिमालय रिसोर्टसले आठौं दक्षिण एशियाली पर्यटन सम्मान साटा अवार्ड २०२४ मा बेष्ट हिल रिसोर्ट गोल्ड अवार्डबाट सम्मानित भएको छ। ठमेलको अलोफ्ट होटलमा शुक्रबार आयोजित सम्मान समारोहमा रिसोर्टले यो सम्मान पाएको हो।

काभ्रेको नगरकोटमा सञ्चालित यो लक्जरी रिसोर्टमा गोल्छा समूहको मुख्य लगानी छ। रिसोर्टमा एक रातको बासका लागि ४०० अमेरिकी डलर(५३ हजार ५सय रूपैयाँ) निर्धारण गरिएको छ।

Esewa
Crest

सोल्टी हस्पिटालिटी समूह अन्तर्गतको द सोल्टी काठमाडाैंले उत्कृष्ट बैठक तथा सम्मेलन होटल, रिसोर्ट वर्गमा गोल्ड अवार्ड प्राप्त गरेको छ। सोल्टी समूहकै सोल्टी वेष्ट एण्ड कसरा चितवनले उत्कृष्ट पारिवारिक रिसोर्ट वर्गमा सिल्भर अवार्ड हात पारेको छ।

यसैगरी ठमेलस्थित होटल बाराही काठमाडाैं दक्षिण एशियाको उत्कृष्ट नयाँ होटल,रिसोर्ट वर्गमा गोल्ड अवार्डबाट सम्मानित भएको छ। बाराही होटल्स अन्तर्गतकै बाराही जंगल लज चितवनले लिडिङ जंगल लज वर्गमा सिल्भर अवार्ड पाएको छ। काठमाडाैंको बानेश्वरस्थित द एभरेष्ट होटलले लिडिङ एयरपोर्ट होटल वर्गमा सिल्भर अवार्ड पाएको छ। सोल्टी मोडस्थित होटल हायात प्लेसले उत्कृष्ट फुड एण्ड वेभरेज होटल वर्गमा सिल्भर अवार्ड प्राप्त गरेको छ।

यसैगरी पोखराको सराङकोट माउण्टेन लजले दक्षिण एशियाको सर्वाधिक प्रेमिल होटलको वर्गमा सिल्भर अवार्ड पाएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीले उत्कृष्ट वैवाहिक होटल, रिसोर्ट वर्गमा सिल्भर अवार्ड प्राप्त गरेको छ।

पोखराको ४० कोठा मुनिको उत्कृष्ट सिटी होटलको वर्गमा आवास पोखराले सिल्भर अवार्ड पाएको छ। सिद्धार्थ हस्पिटालिटी समूह अन्तर्गतको सिद्धार्थ बुटिक होटल बौद्धले  बुटिक होटल वर्गमा र कुरिनटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभर फ्रण्ट होटल वर्गमा सिल्भर अवार्ड पाएको छ। यती समूह अन्तर्गतको कसरा जंगल रिसोर्टले लिडिङ अल इन्क्लुसिभ रिसोर्ट वर्गमा सिल्भर अवार्ड पाएको छ। लिडिङ बजेट होटल वर्गमा पोखराको होटल तुलसीले सिल्भर अवार्ड पायो।

फेस अफ साउथ एशिया अवार्डबाट पर्यटन व्यवसायी कर्ण शाक्य र मरणोपरान्त स्वर्गिय अम्बिका श्रेष्ठलाइ सम्मान गरिएको छ।

पर्यटकीय गन्तव्यका रूपमा नेपालले दक्षिण एशियाली मुलुकमध्ये लिडिङ हेरिटेज डेस्टिनेशन(उत्कृष्ट सम्पदा गन्तव्य) र माल्दिभ्सले लिडिङ बिच डेस्टिनेशन(उत्कृष्ट सामुद्रिक तटीय गन्तव्य) को उपाधि प्राप्त गरेको छ।

यो सम्मान समारोहमा विभिन्न विधा अन्तर्गत ५१ वटा गोल्ड र ९३ वटा सिल्भर अवार्ड वितरण गरिएको थियो । यसवर्ष माल्दिभ्सले सर्वाधिक संख्यामा अवार्ड बटुल्न सफल भएको छ भने संख्यात्मक हिसाबले श्रीलंका दोश्रो स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS