IME Life New

प्रस्तावित बीमा नियमावलीबाट जीवन बीमा व्यवसाय धराशायी हुन्छः अभिकर्ता संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेसागत बीमा अभिकर्ता संघ नेपालले प्रस्तावित बीमा नियमावलीबाट जीवन बीमा व्यवसाय धराशायी हुने जनाएको छ।

नेपाल बीमा प्राधिकरणमा आज ज्ञापनपत्र बुझाउँदै संघले यस्तो धारणा सार्वजनिक गरेको हो। प्रस्तावित बीमा नियमावलीमा हटाउनुपर्ने तथा सुधार गर्नुपर्ने १७ बुँदे सुझाव पनि संघले प्राधिकरणलाई दिएको छ। संघले प्राधिकरणको केन्द्रीय कार्यालयसँगै ६ वटै प्रदेश कार्यालयमा ज्ञानपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउँदा सबै कार्यालयमा अभिकर्ताहरुको उल्लेख्य सहभागिता थियो।

Esewa
Crest

जीवन बीमा जनताको सेवा गर्ने एक प्रकारको पवित्र काम भएकाले यसमा गरिने कुनै पनि जनभावना विपरीतका कार्यहरुबाट समग्र नेपाली अर्थतन्त्रलाई कमजोर बनाउने संघको दाबी छ। यसले बीमा क्षेत्रमा कार्यरत जनशक्ति विदेश पलायन हुन बाध्य हुने संघको भनाइ छ। ‘आमसर्वसाधारणले बीमा क्षेत्रमा गरेको लगानीको कुनै प्रतिफल प्राप्त नहुने र लगानी डुब्नेसम्मको अवस्था रहन्छ’, ज्ञापनपत्रमा सुझाव दिइएको छ।

हालको बीमा नियमावली २०८१ मा प्रस्ताव भएका कतिपय विषयहरु जीवन बीमा क्षेत्रलाई बदनाम गर्ने मनसाय राखेको संघले ठहर छ। ‘प्रस्तावित नियमावलीबाट पर्न जाने भयावह असरको जिम्मा नेपाल सरकार, अर्थ मन्त्रालय र स्वयं बीमा प्राधिकरणले लिनुपर्छ’, संघले भनेको छ, ‘यसर्थ प्रस्तावित बीमा नियमावलीको अन्तिम मस्यौदा मन्त्रिपरिषदमा पेस हुनुअघि पेसागत बीमा अभिकर्ता संघ नेपालसँग आवश्यक छलफल गरी ल्याउने वातावरण बनाउनुपर्छ।’

यस्ता छन् सुझाव

CamScanner-09-20-2024-1102_240920_144905

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS