IME Life New

बीमा नियमावली मस्याैदाः १२ कक्षा उतीर्ण नभएका अभिकर्ताको लाइसेन्स खारेज हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली २०८० को मस्याैदाको प्रावधानका कारण अब दश कक्षा उतीर्ण भएर इजाजत पत्र लिएका सबै अभिकर्ता पेशाबाट पलायन हुनुपर्नेछ। मन्त्री परिषदबाट अनुमोदनको अन्तिम चरणमा रहेको नियमावलीमा समावेश गरिएको प्रावधानमा अभिकर्ता इजाजत पत्र प्राप्त गर्न वा नविकरण गर्न कम्तीमा १२ कक्षा उतीर्ण हुनुपर्छ।

२०४९ सालको नियमावलीको प्रावधानका आधारमा एसएलसी अर्थात् १० कक्षा उतीर्ण भएपछि यो पेशामा लागेर औपचारिक शिक्षालाई निरन्तरता दिन नसकेका अभिकर्ता पूर्णरूपमा पलायन हुनुपर्नेछ।

Esewa
Crest
बीमा नियमावली २०८० को मस्याैदामा समेटिएको अभिकर्ताको योग्यता सम्बन्धि प्रावधान

नियमावलीको मस्याैदामा नियम ४९ मा अभिकर्ताको योग्यता सम्बन्धी प्रावधानमा ‘मान्यता प्राप्त संस्था वा बोर्डबाट दश जोड दुई वा प्रविणता प्रमाण पत्र तह वा सो सरह उतीर्ण गरेको’ हुनुपर्ने उल्लेख छ। योग्यता सम्बन्धि यो प्रावधानको कार्यान्वयनले पुराना र अनुभवी तर प्रवेशिका तहभन्दा माथिल्लो तहको अध्ययन पुरा नगरेका अभिकर्तालाई पेशाबाट विमूख गर्ने लक्ष्य राखेको छ।

पेशागत बीमा अभिकर्ता संघ नेपालले शैक्षिक योग्यता सम्बन्धी प्रावधान हाल कायम अभिकर्ताको हकमा लागू नगर्न सुझाव दिएपनि मस्याैदामा प्रावधान हटाइएको छैन।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पेशागत अभिकर्ता संघले नियमावलीका सम्बन्धमा दिएको सुझाव सम्बोधन गर्न सञ्चालक समितिक बैठकबाट निर्णय गरेर अर्थ मन्त्रालयमा सिफारिश पठाइएको जानकारी दिए। ‘अभिकर्ताको माग सम्बोधन गर्न प्राधिकरणको तर्फबाट आवश्यक पहल गरेका हाैं’,अध्यक्ष सिलवालले इन्स्योरेन्स खबरसँगको कुराकानीमा भने,माथिल्लो निकायबाट त्यसलाई सम्बोधन नभए जस्तो छ, यो विषयमा पुनः पहल गर्छाैं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%
happy

खुसी

7%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS