GBIME
IME Life

राष्ट्रियस्तरका विकास बैंकको नाफा रु. ८४.६० करोड, सर्वाधिक कमाउनेमा शाइन रेसुंगा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल ८४ करोड ६० लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा राष्ट्रियस्तरका ८ विकास बैंकले कुल ८४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। नाफा आर्जनको हिसाबले शाइन रेसुंगा पहिलो स्थानमा रहेको छ। यो बैंकले २० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

SKYWELL
Crest

दोस्रोमा मुक्तिनाथ रहेको छ। साउनमा मुक्तिनाथले १६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

उच्च नाफाका हिसाबले महालक्ष्मी तेस्रो स्थानमा रहेको छ। महालक्ष्मीले साउनमा १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ।

यसैगरी साउनमा गरिमाले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवाले ८ करोड ५८ लाख रुपैयाँ, ज्योतिले ८ करोड ३७ लाख रुपैयाँ, सांग्रिलाले ६ करोड ८१ लाख रुपैयाँ र लुम्बिनीले ३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS