IME Life New

राष्ट्रियस्तरका विकास बैंकको नाफा रु. ८४.६० करोड, सर्वाधिक कमाउनेमा शाइन रेसुंगा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल ८४ करोड ६० लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा राष्ट्रियस्तरका ८ विकास बैंकले कुल ८४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। नाफा आर्जनको हिसाबले शाइन रेसुंगा पहिलो स्थानमा रहेको छ। यो बैंकले २० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

दोस्रोमा मुक्तिनाथ रहेको छ। साउनमा मुक्तिनाथले १६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

उच्च नाफाका हिसाबले महालक्ष्मी तेस्रो स्थानमा रहेको छ। महालक्ष्मीले साउनमा १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ।

यसैगरी साउनमा गरिमाले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवाले ८ करोड ५८ लाख रुपैयाँ, ज्योतिले ८ करोड ३७ लाख रुपैयाँ, सांग्रिलाले ६ करोड ८१ लाख रुपैयाँ र लुम्बिनीले ३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS