IME Life New

नेसनल लाइफ हेटौँडाको ग्रान्ड मोटिभेसनल एन्ड रिवार्ड कार्यक्रममा ६० अभिकर्तालाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय हेटौँडाले ग्रान्ड माटिभेसनल एन्ड रिवार्ड कार्यक्रम शनिबार सम्पन्न गरेको छ।

हेटौँडा शाखा प्रमुख नारायण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका डेपुटी सीईओ स्मृतिराज कँडेल प्रमुख अतिथि, एमडीआरटी दिपक अर्याल विशेष अतिथि र पूर्वएमडीआरटीद्वय भरत रोक्का तथा केशव शाही ठकुरी र नेसनल रत्न आस्मा पोखरेल अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा विभिन्न विधामा ६० जना अभिकर्तालाई सम्मान गरिएको छ। कार्यक्रममा करिब २५० जना अभिकर्ताको उपस्थिति थियो।

Esewa
Crest

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि नृत्य प्रस्तुत गर्ने व्यावसायिक प्रबन्धक स्मिता आचार्यलाई पनि विशेष धन्यवाद दिइएको थियो। कार्यक्रमको सञ्चालन व्यावसायिक प्रबन्धक राजकुमार चौलागाईंले गरेका थिए। कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो।

कार्यक्रमको उद्घाटन डेपुटी सीईओ कँडेलले पानसमा बत्ती बाली गरेका थिए। कार्यक्रममा राइजिङ स्टार, इमर्जिङ स्टार, आर्थिक वर्ष २०८०।८१ को शाखाको प्रथम, द्वितीय, तृतीय, नेसनल रत्न र सीईओ क्लबमा क्वालिफाइड हुने सम्पूर्ण व्यावसायिक प्रबन्धकलाई सम्मानका साथै प्रत्येक महिना उत्कृष्ट व्यवसाय गर्ने टप थ्रीलाई सम्मान गरिएको थियो। साथै, विभिन्न स्किममा पर्ने ५० जना व्यावसायिक प्रबन्धकलाई ब्याग, डायरी, ब्याजलगायत अन्य सामग्रीको हस्तान्तरण गरी सम्मान गरिएको थियो।

कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै हेटौँडा शाखा कार्कीले बीमाको महत्व बुझाउँदै अब प्रत्येक नेपाली बीमाको दायराबाट बाहिर नहुने गरी बीमा जागरण अभियानमा लाग्न सम्पूर्ण अभिकर्तालाई सुझाव दिए।

कार्यक्रमका अन्य वक्ताले पनि अभियानमा एकजुट भएर आमनेपालीलाई बीमाको वास्तविकता बुझाउँदै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए।

कार्यक्रममा डेपुटी सीईओ कँडेलले हरेक दृष्टिकोणबाट नेसनल लाइफ नेपालकै नम्बर वान कम्पनी भइसकेको बताए। उनले अब निकट भविष्यमै बीमाशुल्क संकलनमा पनि नेपालको प्रथम कम्पनी बनाउनुपर्नेमा जोड दिए।

हरेक नेपालीले बीमाको महत्व नबुझ्नाले ठूलो आर्थिक भारसमेत भोगिरहेको उल्लेख गर्दै कँडेलले यसको न्यूनीकरण गर्नका लागि चाँडोभन्दा चाँडो प्रत्येक नेपालीले आफ्नो जीवनको सुरक्षा अनिवार्य रुपमा गर्नुपर्नेसमेत बताए।

कार्यक्रममा हेटौँडा शाखाले आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले तोकिएको लक्ष्यभन्दा २५१ प्रतिशतले व्यवसाय वृद्धि गरेको खुसियालीमा सम्पूर्ण अभिकर्ता एकजुट केक सेलिब्रेसन गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS