IME Life New

बीमालेख हरायो भने के गर्ने ? कसरी बीमालेखको प्रतिलिपी प्राप्त गर्ने ?

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेख एउटा महत्वपूर्ण दस्तावेज हो । बीमितले वा लाभग्राहीले बीमालेखको अवधि पुरा नहुँदासम्म यो बीमालेख सुरक्षित राख्नुपर्छ। बीमालेखबाट प्राप्त गर्ने लाभको प्राप्तीका लागि बीमालेख अनिवार्य दस्तावेज हो । बीमासँग सम्बन्धित कुनै पनि लाभ निर्धारण गर्ने, लाभग्राही र बीमकबीच कुनै विवाद भएको अवस्थामा समाधानको खोजी गर्ने मुख्य अाधार नै बीमालेख हो ।

बीमालेख महत्वपूर्ण दस्तावेज हो भन्ने थाहा पाउँदा पाउँदै पनि कहिलेकाहीँ अन्जानवश वा परिस्थितवश यो दस्तावेज हराउन, च्यातिन वा नष्ट हुनसक्छ। यस्तो अवस्थामा पुनः बीमालेख हात पार्नु बीमित वा कानूनी हकवालाको चासो हुन्छ। किनकी बीमालेख पेश नगर्दा सम्म बीमकले दाबी भुक्तानी गर्दैन ।

Esewa
Crest

बीमालेख हरायो भने के गर्ने?

बीमालेख हरायो भने यसको प्रतिलिपी प्राप्त गर्न सकिन्छ। प्रतिलिपी प्राप्त गर्ने प्रकृया केही लामो र झण्झटिलो भने अवश्य पनि हुन्छ। तपाईले बीमालेख हराउनु भएको निश्चित भई सकेपछि निम्न प्रकृया पुरा गरेर बीमकबाट प्रतिलिपी प्राप्त गर्न सक्नुहुन्छः

१) सबैभन्दा पहिले जीवन बीमकको नजिकको शाखा कार्यालयमा बीमालेख हराएको माैखिक वा लिखितरूपमा जानकारी गराउपर्छ ।

२) बीमालेखको प्रतिलिपीको लागि निवेदन फारम भर्नुपर्छ । वा हस्तलिखित निवेदन दर्ता गराउनुपर्छ ।

३) निवेदन दर्ता गर्दा तपाईले बीमालेख नम्बर, बीमितको पुरा नाम र सम्पर्क मोबाइल नम्बरसँगै इमेल ठेगाना समेत उपलब्ध गराउनुपर्छ।

४) निवेदन दर्ता गरि सकेपछि बीमकले दिएको नमूना सूचनाको अाधारमा कुनै राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशन गर्नुपर्छ।

सूचना प्रकाशनवापतको खर्च बीमित स्वयमले व्यहोर्नुपर्छ।

५) सूचनामा बीमालेख नम्बर र बीमितको नाम समेत उल्लेख गरेर कुन मितिमा कुन ठाउँबाट बीमालेख हराएको हो सो जानकारी खुलाउनुपर्छ।

६) प्रकाशित सूचनाको प्रति(अखबार) बीमकको कार्यालयमा दर्ता गराउनुहोस् र एउटा पत्रिका आफूले पनि सुरक्षित साथ राख्नुपर्छ।

७) सूचना प्रकाशनको ३५ दिने म्याद पुरा भई सकेपछि बीमकले बीमालेखको प्रतिलिपी जारी गर्ने प्रकृया पुरा गरेर प्रतिलिपी बीमालेख तयार पार्नेछ।

८) ३५ दिनको अवधि पुरा भएपछि बीमकले सम्पर्कका लागि तोकेको दिनमा बीमकको कार्यालयमा सम्पर्क गरेर बीमालेखको प्रतिलिपी प्राप्त गर्नुपर्छ।

९) बीमालेखको प्रतिलिपी वापत बीमकले तोकेको प्रतिलिपी शुल्क बीमितले भुक्तानी गर्नुपर्छ। यस्तो शुल्क सामान्यतथा ५ सय रूपैयाँ सम्म कायम गरिएको हुन्छ।

१०) बीमालेखको प्रतिलिपी प्राप्त गरि सकेपछि यसलाई जतनका साथ राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS