काठमाडौं । आरविवि म्युचुअल फन्ड १ र आरविवि म्युचुअल फन्ड २ ले भदौ ३१ गते एक दिनका लागि लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । त्यसकारण भोलि भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई करसहित ३ दशलमव ८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८ दशलमव ७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।