IME Life New

नेपालमा स्काइवेलको विद्युतीय एसयूभीको आधिकारिक बिक्रेता जी मोटर्समात्रै होः नान्जिङ गोल्डेन ड्रागन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा आफ्ना स्काइवेलको विद्युतीय एसयूभी आधिकारिक बिक्रेता जी मोटर्स रहेको जनाएको छ।

एलआरआर नामक कम्पनीले स्काइवेलको विद्युतीय कार आधिकारिक बिक्रेता भएर ल्याएको भन्दै भन्सार प्रयोजनका लागि अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गरेपछि नान्जिङ गोल्डेन ड्रागनले एक विज्ञप्ति जारी गर्दै नेपालमा आफ्नो एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स रहेको स्पष्ट पारेको हो।

Esewa
Crest

हालै सम्पन्न नाडा अटो शो २०२४ मा जी मोटर्सले स्काइवेलका विद्युतीय एसयूभी तीना ब्याट्री अप्सनमा बीई ११ मोडल ईभी गाडी सार्वजनिक गरेको थियो। यद्यपि गत वर्षबाटै जी मोटर्सले नेपाली बजारमा स्काइवेलका गाडी ल्याएर बिक्रीवितरण गर्दै आएको छ।

जी मोटर्स भक्तपुरको राधेराधे रहेको छ। कम्पनीका डेप्युटी जीएम (स्काइवेल एक्सपोर्ट डिभिजन) थोमसले जारी गरेको विज्ञप्ति आएपछि एलआरआरले कीर्ते गरेर अवैध रुपमा स्काइवेलका विद्युतीय एसयूभी आयात गरेको खुलेको छ। एलआरआरले वाणिज्य विभागमा एजेन्सी दर्ता गरेर हङकङमा स्थापना गरिएको एउटा कम्पनीसँग त्रिपक्षीय सम्झौता गरेर आफू पनि आधिकारिक बिक्रेता भएको दाबी गर्दै स्काइवेलका कार आयात गरेको छ।

नान्जिङ गोल्डेन ड्रागनले नेपालमा जी मोटर्समात्र आधिकारिक बिक्रेता भएको स्पष्ट पारेपछि एलआरआरको आयात अवैध देखिएको छ। एलआरआरविरुद्ध आफूहरु कानुनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ।

उता जी मोटर्सले पनि अन्य कम्पनीले अवैध रुपमा स्काइवेलकै सवारी आयात गरेकाले सरकारसँग व्यावसायीको लगानी सुनिश्चितताको वातावारण बनाउन माग गरेको छ।

Skywell Press release

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS