IME Life New

थकाली लङ ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी फुडको थकाली लङ ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकले हात खाली नजाने गरी उपहारहरु पाउने योजना सार्वजनिक गरेको छ।

आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकमाझ लिएर आएको हो। सो योजनाअन्तर्गत ग्राहकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहार पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्नेछन्।

Esewa
Crest

थकाली लङ ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिटमार्फत उक्त योजनाको घोषणा गरेको हो। कम्पनीका अनुसार हरेक बोरामा आकर्षक उपहार राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, स्मार्टवाचका साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकले पाउन सक्नेछन्। साथसाथै केही भाग्यशाली ग्राहकले थकाली लङ ग्रेन बास्मती चामलको खरिदमा उपहारस्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन्।

उक्त कार्यक्रममार्फत नै कम्पनीले आफ्ना डिलरहरुको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलरहरुलाई उनीहरुको दक्षताअनुसार थाइल्यान्ड, बाली तथा सिंगापुर भ्रमणलगायत एसियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

डिलरहरुको दक्षता र प्रतिबद्धताअनुसार डिलरहरुलाई थाइल्यान्ड वा बाली वा सिंगापुर भ्रमणमा पठाइने र साथसाथै उक्त भ्रमण अवधिभरको खाने–बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने सोही कार्यक्रम मार्फत कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS