IME Life New

मेटलाइफ नेपालले आफ्नो एजेन्सी टोलीको विविधता झल्काउँदै गर्यो भव्य कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विविधतामा एकताको जीवन्तउत्सवमा मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्टर बंगलादेश, मलेसिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रुपमा देशभरका बिभिन्न ठाउँबाट शीर्ष प्रदर्शन गर्ने आफ्नो अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न काठमाडौंमा मंगलबार भव्य कार्यक्रमको आयोजना गरेको छ।

नेपालको हरेक कुनाबाट मेटलाइफका अभिकर्ता आफ्नो परम्परागत राष्ट्रिय पोसाकमा आइपुगेका थिए। जसले समावेशीताप्रति कम्पनीको प्रतिबद्धता र कसरी जीवनका सबै भौगोलिक क्षेत्रका मानिसहरुले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटै साझा उद्देश्य पूरा गर्न एकसाथ काम गर्छन् भन्ने कुराको रंगीन प्रतिनिधित्व गरेका थिए।

Esewa
Crest

मिस एलेना बुटारोवा र मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले २०२३ मा शीर्ष–कार्यकारी गर्ने एजेन्सी मेनेजरहरु, युनिट मेनेजरहरु र फिल्ड रिप्रेजेन्टेटिभहरुको कडा परिश्रम र समर्पणलाई सम्मान गर्न मञ्चमा पुगेका थिए। यी बीमा अभिकर्ता वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएका थिए।

यी व्यक्तिहरुले विभिन्न नेपाली नागरिकको जीवनमा पारेको परिवर्तनकारी प्रभावलाई मान्यता दिँदै उक्त कार्यक्रमले गौरव र उपलब्धिको गहिरो अनुभूति गरायो। यस कार्यक्रमले वित्तीय सुरक्षाले कुनै सीमा जाँदैन भन्ने नाराका साथ नेपालका सबै कुनाका मानिसलाई एकसाथल्याई सबैका लागि अझ बढी विश्वस्त र सुरक्षित भविष्य निर्माण गर्ने प्रेरणा दिएको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS