IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)को पोखराको अमरसिंह चोकस्थित गण्डकी प्रादेशिक कार्यालयको आज भदौ २६ गते उद्घाटन गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रुपमा प्रादेशिक कार्यालयको विधिवत रुपमा उद्घाटन गरेका हुन्।

Esewa
Crest

उद्घाटन कार्यक्रममा दाहालले कम्पनीलाई शुभकामना दिँदै सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेकोले साख जोगाइ राख्न बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्ने आग्रह गरे।

कार्यक्रममा निसा गण्डकी बुद्धिप्रसाद अधिकारी, निसाका पूर्व संयोजक सुरेन्द्रबहादुर गोदारलगायतले शुभकाना दिएका थिए।

कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीको उपस्थिती रहेको थियो। कम्पनीबारेमा नेसनल कोअटिनेटर (सहायक महाप्रवन्धक) कविराज पौडेलले प्रकाश पारेका थिए भने प्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS